हङकङबाट दिल्लीका लागि उडेको एअर इन्डियाको जहाज बीचबाटै फर्कियो

असार २, २०८२

कान्तिपुर संवाददाता

An Air India flight from Hong Kong to Delhi returned midway

काठमाडौँ — हङकङबाट दिल्लीका लागि उडेको एअर इन्डियाको जहाज प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्किएको छ । हिन्दुस्तान टाइम्सका अनुसार बोइङ ७८७-८ ड्रीमलाइनर जहाज हङकङ नै फर्किएको हो ।

टाइम्स अफ इन्डियाका अनुसार उडिरहेका बेला जहाजमा केही प्राविधिक समस्या देखिएको चालक दलका सदस्यले सूचना पाएपछि जहाज बीचबाटै फर्काइएको हो । 

सोमबार पनि जर्मनीको फ्राङफर्टबाट हैदराबादको राजीब गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको जहाजमा बम भएको आश‌ंकापछि फ्राङफर्ट नै फर्किएको थियो ।

कान्तिपुर

Link copied successfully