६ घण्टामा नियन्त्रणमा लिइयो दुबईको ६७ तले भवनको आगलागी

जेष्ठ ३१, २०८२

कान्तिपुर संवाददाता

The fire in the 67-storey building in Dubai was brought under control in 6 hours

दुबई — दुबई मरिना क्षेत्रमा रहेमा लागेको आगलागी ६ घन्टामा नियन्त्रणमा लिइएको छ । दुबईको नागरिक रक्षा टोलीले ६७ तले आवासीय भवन दुबई मरिनामा लागेको आगलागी ६ घन्टामा नियन्त्रणमा लिएका हुन् ।

दुबई मरिनामा शनिबार बिहान भएको आगलागीका क्रममा त्यहाँका ७६४ अपार्टमेन्टमा रहेका ३ हजार ८ सय २० जनाको सकुशल उद्धार गरिएको दुबई मिडिया अफिसले जानकारी दिएको छ ।

मरिना भवनको सबैभन्दा माथि रहेको टाइगर टावरबाट आगलागी सुरु भएको थियो ।

आगलागीको कारण अझै खुल्न सकेको छैन ।

कान्तिपुर संवाददाता

Link copied successfully