अहमदावाद विमान दुर्घटना, मृतकको संख्या २७५ पुग्यो

जेष्ठ ३१, २०८२

कान्तिपुर संवाददाता

Ahmedabad plane crash, death toll reaches 275

काठमाडौँ — बिहीबार भारतको अहमदावादमा भएको जहाज दुर्घटनामा शनिबार थप शव फेला परेको छ । बिजे मेडिकल कलेजको होस्टलबाट खण्डहर हटाउँदै गर्दा विमानको पुच्छरमा फसेको एक शव फेला परेको हो ।

पोस्टमार्टमपछि उक्त शव एयर होस्टेसको रहेको पुष्टि भएको छ । यता दुर्घटनामा मरेका व्यक्तिहरुको डीएनए परीक्षणको काम जारी रहेको छ । सिभिल अस्पतालबाहिर मृतकका परिवार जम्मा भएका छन् । 

अस्पतालमा अहिलेसम्म २७० भन्दा बढी शवको पोस्टमार्टम भइसकेको छ । यसबाहेक २३० जनाको डीएनए स्याम्पलिङ पनि गरिएको छ ।

उक्त दुर्घटनामा अहिलेसम्म २७५ जनाको मृत्यु पुष्टि भएको छ । विमानमा क्रू र यात्री गरी २४२ जना सवार थिए । जसमध्ये एक जना मात्र बच्न सफल भएका छन् । 

बिजे मेडिकल होस्टलमा रहेका ३४ जनाको मृत्यु भएको छ । जसमा पाँच जना चिकित्सक रहेका छन् भने ३१ जना अन्य स्टाफ थिए । बिहीबार अहमदावादबाट उडेको जहाज दुई मिनेटमै होस्टलको बिल्डिङमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको थियो । 

कान्तिपुर

Link copied successfully