यस्ता छन् भारतमा भएका ठूला विमान दुर्घटना

यसअघि २०१० मा मेंग्लोरमा एयर इन्डियाको विमान दुर्घटना हुँदा १५८ जनाको मृत्यु भएको थियो ।

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

These are the major plane crashes in India

काठमाडौँ — भारतको गुजरातको अहमदाबाद विमानस्थलनजिकै दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । भारतीय समयअनुसार दिउँसो १:३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो । 

उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए । क्याप्टेन सभरवालसँग ८ हजार २ सय घण्टा र कोपाइलट कुन्दरसँग १ हजार १ सय घण्टाको अनुभव रहेको भारतको नागर विमानन महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जहाजमा क्याबिन क्रुसहित २४२ जना सवार रहेको एयर इन्डियाले एक्समार्फत जानकारी दिएको छ । जसमध्ये २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए । जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन्  ।

यो दुर्घटना भारतीय उड्डयन क्षेत्रकै दशकपछिको ठूलो हो । ७ अगस्ट, २०२० मा एयर इन्डियाकै जहाज केरलको कालिकट अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने १७२ जना सकुशल रहेका थिए ।

भारतमा भएका ठूला विमान दुर्घटना

कान्तिपुर

Link copied successfully