आटा लिन गएका प्यालेस्टीनीमाथि इजरायली सेनाले गोली चलाउँदा २५ जना मारिए

जेष्ठ २९, २०८२

एजेन्सी

25 people were killed when Israeli forces opened fire on Palestinians who went to collect flour

गाजा — गाजाका अस्पतालले सहायता सामग्री लिने प्रयासमा २५ जना प्यालेस्टिनी नागरिक मारिएको बताएका छन् । शहरी क्षेत्रका अस्पतालले इजरायली आक्रमणमा परी बुधबार राति २५ जनाको मृत्यु भएको बताएका छन् ।

अस्पतालका अनुसार इजरायली सैन्य क्षेत्र नेत्जारिम करिडोरमा यो घटना एक समूह अमेरिका र इजरायलद्वारा सञ्चालित ह्यूमेनिटेरियन फाउन्डेशनको खाद्य वितरण केन्द्रमा आटा लिन गएका बेला भएको हो । 

हमासको नागरिक सुरक्षा एजेन्सीले इजरायली सेनाले गोलाबारी गरेको बताएको छ । कैयौं मानिसलाई ट्रकले कुचलेको पनि बताइएको छ । यता इजरायली सेनाले पनि सन्दिग्धहरु नजिक आउँदा सेनाले चेतावनीस्वरुप गोली चलाएको बताएको छ । 

खान युनुस्थित एक अस्पतालका अनुसार दक्षिणी राफामा जीएचएफस्थल नजिक इजराली गोलाबारीमा १४ अन्य मानिस पनि मारिएका छन् । राफाबाट प्राप्त रिपोर्टहरुलाई अध्ययन गरिरहेको इजरायली सेनाले जनाएको छ । 

एजेन्सी

Link copied successfully