लस एन्जलसमा कर्फ्यू उल्लंघन गर्नेहरु धमाधम पक्राउ

जेष्ठ २८, २०८२

एजेन्सी

Curfew violators arrested in Los Angeles

अमेरिका — अमेरिकाको लस एन्जलसमा आप्रवासन छापामारीलाई लिएर विरोध प्रदर्शन र हिंसापछि पक्राउ गर्न थालिएको छ ।

शहरको मुख्य क्षेत्रमा भारी संख्यामा सुरक्षा बल तैनाथ गरिएकफ छ । कर्फ्यू उल्लंघन गरेको आरोपमा दर्जनौं प्रदर्शनकारीई पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । 

यद्दपि सडकमा यूएस मरीन या नेशनल गार्डका सैनिकको उपस्थिति भने देखिएको छैन ।

हाल फेडरल ट्र्प्सको तैनाथी विवादास्पद छ । प्रदर्शनकारीलाई पक्राउ गर्दा उनीहरुलाई देखिएको छैन । एलएल प्रहरी विभागका अनुसार लस एन्जलसका कैयौं क्षेत्रमा कर्फ्यू लगाइएको छ । ठूलो संख्यामा पक्राउ अभियान चलाइएको प्रहरीले जनाएको छ । 

एलए प्रहरीले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै भनेको छ, ‘स्प्रिङ्ग र अल्मेडाको बीचमा एक स्ट्रिडमा कैयौं मानिसहरु समूहमा जम्मा भएका छन् ।’

अघि भनिएको छ, ‘ती समूहलाई नियन्त्रणमा लिने क्रम जारी छ । ठूलो संख्यामा पक्राउ गर्न सुरु गरिएको छ । कर्फ्यू जारी छ ।’

लस एन्जलसकी मेयर करेन बासले इमिग्रेशन रेड्सविरुद्ध प्रदर्शनका क्रममा लुटपाट र हिंसासँग जुध्नका लागि आंशिक कर्फ्यू लगाइएको बताएकी छन् । 

एजेन्सी

Link copied successfully