अस्ट्रियन हाई स्कूलमा भएको गोलीकाण्डमा कम्तीमा ९ जनाको मृत्यु

जेष्ठ २७, २०८२

एजेन्सी

At least 9 dead in shooting at Austrian high school

अस्ट्रिया — मंगलबार अस्ट्रियाको ग्राज सहरको एक स्कूलमा बन्दुकधारीले गोली चलाउँदा नौ जनाको मृत्यु भएको छ । स्कूल भित्र जथाभावी गोली चलाउने सोही स्कुलका पूर्व विद्यार्थी रहेको प्रहरीले जानकारी दिएको छ । २१ वर्षीय ती विद्यार्थी पनि विद्यालयको एक शौचालयमा मृत फेला परेका छन् ।

उनले जथाभावी गोली चलाएर आफैं आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

नौ पीडितहरूमा छ महिला र तीन पुरुष रहेका छन् । उनीहरूको पहिचा र उमेर हालसम्म प्रहरीले सार्वजनिक गरेका छैन । प्रहरीले प्रारम्भिक अनुसन्धान समाप्त नभएसम्म पीडितहरूको बारेमा थप जानकारी जारी नदिने बताएको छ ।

विशेष रूपमा प्रशिक्षित ‘कोब्रा युनिट’ सहित एक प्रहरी हेलिकप्टरका सुरक्षा अधिकारीहरू घटनास्थलमा पुगेका थिए । प्रहरीले स्थानीय समय अनुसार बिहान १० बजेतिर हाई स्कूलको भवनमा गोली चलेको खबर पाएपछि प्रतिक्रिया गरेको बताएको छ । घटनापछि विद्यार्थी र उनीहरूका अभिभावकहरूका लागि सुरक्षित भेला स्थलको रूपमा लगभग डेढ एक किलोमिटर टाढा रहेको रंगशाला खोलिएको थियो ।

भियना पछि अस्ट्रियाको दोस्रो ठूलो सहर ग्राजमा दशकौं पछि भएको ठूलो गोली कान्डले सहरलाई स्तब्ध बनाएको छ । अस्ट्रियाका चान्सलर क्रिश्चियन स्टकरले सामाजिक सञ्जालमा पोस्ट गर्दै ग्राजको स्कूलमा भएको गोलीबारी राष्ट्रिय त्रासदी भएको बताएका छन् ।

जेनेभामा रहेको स्वतन्त्र अनुसन्धान निकाय, स्मल आर्म्स सर्भेको तथ्यांक अनुसार, अस्ट्रियाका नागरिकहरू विश्वका सबैभन्दा धेरै हतियारधारीहरूमध्ये पर्छन्, तर त्यहाँ सामूहिक गोलीबारी विरलै हुन्छन् । सन् २००० र २०२२ को बीचमा दुईवटा यस्ता घटनाहरू घटेका थिए ।

ग्राजमा एक दशकअघि यसै प्रकारको ठूलो सामूहिक आक्रमण भएको थियो । त्यो घटनामा, एक व्यक्तिले सहरको सडकमा भीडमा कार चलाएर र पछि चक्कुले दर्शकहरूलाई आक्रमण गरेर तीन जनाको हत्या गरेका थिए । सो घटनामा लगभग तीन दर्जन जना घाइते भएका थिए।

एजेन्सी

Link copied successfully