काठमाडौँ — उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) प्रमुख मार्क रुटले नेटो सदस्य राष्ट्रहरुले हवाई र मिसाइल रक्षा क्षमतामा चार सय प्रतिशत वृद्धि गर्नुपर्ने बताएका छन् । बेलायत भ्रमणमा रहेका मार्कले रुसबाट उत्पन्न खतरासँग जुध्न पनि यस्तो गर्नुपर्ने बताएका हुन् ।
उनले बढ्दो अस्थिरता र सुरक्षा चुनौतीसँग जुध्न सदस्य राष्ट्रहरुले सामुहिक रुपमा प्रतिरक्षा प्रणालीमा गुणात्मक फड्को मार्नुपर्ने बताए । भ्रमणमा उनले बेलायती प्रधानमन्त्री केयर स्टार्मरसँग पनि भेटने कार्यक्रम रहेको छ ।
यसै महिना नेदरल्यान्ड्समा हुने नेटो शिखर सम्मेलनभन्दा अगाडि उनले यस्ता कुराहरु बताएका हुन् । यो सम्मेलनमा नाटोका ३२ सदस्य राष्ट्रहरुले सैन्य खर्च बढाउने बिषयमा प्रतिवद्दता जनाउने अपेक्षा गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो सदस्य देशहरुलाई सैन्य बजेट वृद्धीका निम्ती दबाब दिइरहेका छन् । उनले युरोपेली देशहरूले पर्याप्त लगानी नगरी अमेरिका बाट सुरक्षा पाइरहेका भन्ने टिप्पणीहरु गरिरहेका छन् ।रुस-युक्रेन युद्द सुरु भएपछि केही नाटो सदस्य राष्ट्रहरुले आफ्नो रक्षा बजेटमा बृद्दी गरीसकेका छन् केहीले भने रक्षा क्षमता बलियो पार्ने प्रयासमा जुटेका छन् ।
प्रधानमन्त्री स्टार्मरले सन् २०२७ सम्ममा बेलायतको रक्षा खर्चलाई कुल गार्हस्थ उत्पादन (जीडीपी) को २.५ प्रतिशत र सन् २०३४ सम्ममा ३ प्रतिशतमा पुर्याउने प्रतिबद्धता जनाएका छन् । रुटले रक्षा खर्चका लागि आर्थिक उत्पादनको ३.५ प्रतिशत र रक्षा–सम्बन्धी खर्च जस्तै सडक, पुल, हवाई मैदान र समुद्री बन्दरगाहहरूमा थप १.५ प्रतिशत खर्च गर्ने लक्ष्य प्रस्ताव गरेका छन्।
रुटले चाथम हाउसमा सम्बोधनका क्रममा नेटो सदस्य राष्ट्रहरुलाइ हजारौ थप बख्तरबन्द गाडीहरु, लाखौं तोप गोला र हवाइ र क्षेप्यास्त्र सुरक्षामा ४०० प्रतिशत वृद्धि हाल रहेको भन्दा ४०० प्रतिशत वृद्धि आवश्यक भएको बताउँदै भने, 'हामीले युक्रेनमा देखिरहेका छौ कि, रुसले कसरी आतंक मच्चाइरहेको छ । त्यसैले पनि हामीले बलियो गठबन्धन बनाउनुपर्छ ताकी हाम्रो आकाशलाइ जोगाउन सकियोस ।'
