मस्कसँग विवादबीच आफ्नो टेस्ला कार बिक्री गर्ने ट्रम्पको मनसाय

जेष्ठ २४, २०८२

एजेन्सी

Trump's intention to sell his Tesla car amid conflict with Musk

अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन महिनाअघि एलन मस्ककी कम्पनी टेस्लामार्फत् एक कारण खरिद गर्ने बताएका थिए ।

मिडियाका अगाडि व्हाइट हाउसको लनमा राखिएको रातो रंगको टेस्लाको कार देखाउँदै ट्रम्पले भनेका थिए कि त्यो कार आफूले खरिद गरेको हो । 

हालै अमेरिकी सञ्चारमाध्यममा प्रकाशित रिपोर्ट अनुसार अब ट्रम्पले उक्त कार बेच्ने मनसाय बनाएका छन् । 

ट्रम्पले बिहीबार एलन मस्कसँग असन्तुष्टि जनाउँदै भनेका थिए, ‘मस्क आफ्नो खर्चसम्बन्धी विधेयकको यसकारण विरोध गरिरहेका छन्, किनकी यसले उनको कम्पनी टेस्लामाथि क्षति पुर्‍याउन सक्छ ।’

ट्रम्पले भने, ‘यो बिलले इलेक्ट्रिक गाडीमा पाइने कर छुट अन्त्य गर्नेछ । जस कारण टेस्लालाई घाटा हुनसक्छ । र मस्क यसै कारण यो विधेयकविरुद्ध छन् ।’

हालै अमेरिकी राष्ट्रपति ट्रम्प र अर्बपति मस्कबीच तीव्र आलोचना चलिरहेको छ । ट्रम्पले संघीय सरकारसँग ठूलो मात्रामा हुने मस्कको कारोबारको सम्झौतालाई लिएर धम्की दिएका छन् । यो धम्कीपछि मस्कले ट्रम्पविरुद्ध महाअभियोग लगाउने माग गरेका छन् । 

एजेन्सी

Link copied successfully