ट्रम्पको ट्याक्स खर्चसम्बन्धी बिललाई ‘घिनलाग्दो’ भएको मस्कको टिप्पणी

जेष्ठ २१, २०८२

कान्तिपुर संवाददाता

Musk calls Trump's tax bill 'disgusting'

काठमाडौँ — अर्बपति एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्याक्स र खर्चसम्बन्धीको बिललाई लिएर कडा आलोचना गरेका छन् । साथै उनले यसलाई ‘घिनलाग्दो’ कदमका रुपमा टिप्पणी गरेका छन् ।

यो कानुन हाउस अफ रिप्रेजेन्टेटिभ्स (अमेरिकी संसदको तल्लो सदन)मा पास गरिएको थियो । यस कानुनमा कैयौं ट्रिलियन डलरको ट्याक्समा छुट, रक्षा खर्चमा बढोत्तरी र अमेरिकी सरकारलाई धेरैभन्दा धेरै ऋण लिने अनुमति पनि समावेश छन् । 

मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा मंगलबार लेखेका छन्, ‘जो मानिसले यसका लागि भोट दिए । उनीहरुलाई लज्जा आउनुपर्ने हो ।’ टेक अर्बपति मस्क डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिशिएन्सी (डीओजीआई) अर्थात खर्च कटौती विभागमा १२९ दिनसम्म काम गरेपछि पछिल्लो साता अचानक प्रशासनबाट अलग भएका थिए । 

यो टिम्पणी सरकार छाडेपछि ट्रम्पसँग एलन मस्कको पहिलो सार्वजनिक असहमति देखिएको हो । यसअघि उनले यो योजनालाई निशाराजनक बताएका थिए । 

मंगलबार एक्समा एकपछि अर्को पोस्ट गर्दै मस्कले भनेका छन्, ‘यसले अमेरिकाको बजेट घाटालाई बढाएर २ दशमलव ५ ट्रिलियन डलर पुर्‍याउनेछ । र अमेरिकी नागरिकका लागि असह्यनीय ऋणको बोझ बढाउनेछ ।’

कान्तिपुर

Link copied successfully