काठमाडौँ — संयुक्त राष्ट्रका महासचिवले गाजामा सहायता सामग्री बाँड्ने क्रममा प्यालेस्टिनी नागरिक मारिएको घटनामा अनुसन्धान गर्न अपील गरेका छन् ।
आइतबार महासचिव एन्टोनियो गुटेरेसले उनीहरु इजरायली सेनाको फायरिङमा मारिएको बताएका छन् । उनले भने, ‘आइतबार गाजामा खाना र सहायता सामग्री लिन आएका प्यालेस्टिनी नागरिकको मृत्यु र घाइते भएको घटनामा म दुखी छु ।’
प्रत्यक्षदर्शीले इजरायल र अमेरिकाको समर्थन प्राप्त गाजाको ह्यूमेनिटेरियन फाउन्डेशनका तर्फबाट चलिरहेको सहायता सामग्री वितरण केन्द्रमा प्यालेस्टिनी नागरिकमाथि गोली प्रहार भएको थियो ।
रेडक्रसले १७९ जनामाथि गोली प्रहार गरिकएको बताएको छ । जसमा २१ जनाको मृत्यु भइसकेको छ । यता हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले ३१ जना मारिएको बताएको छ ।
