वरिष्ठ युक्रेनी अधिकारी किन पुगे अमेरिका ?

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

Why did senior Ukrainian officials go to America?

काठमाडौँ — दोस्रो चरणको रुस–युक्रेन शान्ति वार्तालगत्तै वरिष्ठ युक्रेनी अधिकारीहरू अमेरिका पुगेका छन् । उनीहरुले अमेरिकी रक्षा र आर्थिक विषय हेर्ने सरकारी अधिकारी र राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।

इस्तानबुलमा भएको पछिल्लो वार्तामा युद्धविराममा कुनै सहमति नभए पनि दुवै देश युद्धबन्दीहरु साटासाट गर्ने विषयमा सहमत भएका थिए ।

तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्ने प्रयासमा निकै कम प्रगति भएकाले ट्रम्प किभ र मस्कोसँग निराश देखिन्छन् । राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका एक सहयोगी एन्ड्री यर्माकले सामाजिक सञ्जालमा अमेरिकासँग रक्षासम्बन्धी सहयोग, युद्धको स्थिति र रुसविरुद्धको प्रतिबन्धलाई बलियो बनाउने विषयमा कुरा गर्ने योजना बनाएको उल्लेख गरेका छन् । 

युक्रेनी प्रतिनिधिले अपहरण गरिएका करिब ४०० युक्रेनी बालबालिकाको सूची रूसी पक्षलाई बुझाएका थिए । तर रूसी पक्षले तीमध्ये १० जना मात्र फर्काउने प्रयास गर्ने प्रतिबद्धता जनाएको छ । युक्रेनी टोलीले यस विषयमा पनि अमेरिकासँग कुरा गर्ने जनाएको छ । 

कान्तिपुर

Link copied successfully