जेरुसेलम — इजरायलका रक्षामन्त्री इजरायल कात्जले इजरायली रक्षा बल गाजामा पूरै शक्तिका साथ काम गरिरहेको बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा लेख्दै उनले भनेका छन्, ‘मैले सेनालाई निर्देशन दिइसकेको छु कुनै पनि कुराकानीबिना अब हमासका सबै क्षेत्रमा नष्ट गर्नका लागि अगाडि बढ्न ।’
हमासलाई अन्त्य गर्नका लागि र आईडीएफ सैनिकको रक्षाका लागि हावा, जमिन र समुद्रमा राखिएका सबै साधन प्रयोग गर्न निर्देशन दिएको उनको भनाइ छ ।
यस्तै उनले सबै बन्धकलाई रिहा नगरे नष्ट गर्ने हमासलाई चेतावनीसमेत दिएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका तर्फबाट जारी बयानमा सहायता वितरण केन्द्रमा भएको गोलाबारीमा ३१ जनाको मृत्यु भएको छ ।
