अमेरिकामा गोली प्रहार : एक प्रहरीको मृत्यु, एक घाइते

जेष्ठ १८, २०८२

कान्तिपुर संवाददाता

Shooting in America: One policeman dead, one injured

काठमाडौँ — लस एन्जलसको पूर्वमा रहेको सहर बाल्डविन पार्क एक व्यक्तिले गोली चलाउँदा एक प्रहरीको मृत्यु भएको छ भने अर्का एक प्रहरी घाइते भएका छन् । एबीसी न्यूजले भने यो घटनामा प्रहरीसहित कम्तीमा दुईको मृत्यु भएको उल्लेख गरेको छ ।

बेलुका करिब ७:१५ भएको यो गोली प्रहारको घटनामा एक संदिग्ध व्यक्ति संग्लन रहेको प्रहरीले जनाएको छ ।

लस एन्जलस काउन्टी शेरिफ रोबर्ट लुना‌ले आइतबार बिहान पत्रकार सम्मेलनमा उक्त घटनाबारे बताउँदै भने, 'फोनमार्फत आएको जानकारीमा एक व्यक्तिले राइफलबाट गोली चलाइरहेको बताइएको थियो । त्यो हतियार के थियो भन्नेबारे अझै अनुसन्धान भइरहेको छ । प्रहरी घटना स्थलमा पुगेपछि उनीहरूलाई गोली हानियो ।'

घाइते भएका एक प्रहरीलाई हेलिकप्टरमार्फत अस्पताल लगिएको थियो भने अर्कालाई एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको थियो । गोली लागेका एक प्रहरीको मृत्यु भए पनि उनको नाम सार्वजनिक गरिएको छैन् । अर्का घाइते एक प्रहरीको अवस्था स्थिर रहेको बताइएको छ ।

कान्तिपुर

Link copied successfully