सिक्किममा लगातारको वर्षापछि बाढीपहिरो : सडक बगाएपछि सयौं पर्यटक अलपत्र, आठ जना बेपत्ता

जेष्ठ १८, २०८२

कान्तिपुर संवाददाता

Floods after continuous rains in Sikkim: Hundreds of tourists stranded, eight missing after roads were washed away

काठमाडौँ — शुक्रबारदेखिको लगातारको वर्षाले सिक्किमका अधिकांश भागमा जनजीवन प्रभावित भएका छन् । स्थानीय सञ्चार माध्यमहरूका अनुसार बाढीपहिरोले उत्तर सिक्किमका विभिन्न सडक बगाएको छ । मंगान प्रहरीका अनुसार लाचेन र लाचुङमा मात्रै ११५ र १ हजार ३ सय ५० पर्यटक फसिरहेका छन् ।

राजमार्ग नै बाढीपहिरोले क्षतिग्रस्त बनाएका कारण उनीहरूको उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । लगातारको वर्षाले गर्दा टिस्टा नदीमा जलसतह पनि बढेको छ  भने मंगन र चुङथाङ जोड्ने एक मात्र बेलिब्रिजमा समेत क्षति पुगेको छ । 

सिलिगुडीबाट प्रकाशित हुने हिमालय दर्पणका अनुसार चुङथाङ र लाचेनबीच मुन्सिथाङमा सडक दुर्घटनामा परेर बेपत्ता बनेका आठ पर्यटक र चालकको अझै पत्ता लाग्न सकेको छैन । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

गाडी दुर्घटनामा परेर भिरमा अड्किएको अवस्थामा दुई जनालाई उद्धार गरेर गान्तोकस्थित अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।  बेपत्ता पर्यटकहरू ओडिसा र पश्चिम बंगालका रहेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully