इजरायलको आदेशपछि उत्तरी गाजाको अन्तिम अस्पताल पनि बन्द

जेष्ठ १७, २०८२

एजेन्सी

The last hospital in northern Gaza was also closed after Israel's order

गाजा — उत्तरी गाजामा स्वास्थ्य सुविदा दिँदै आएको अन्तिम अस्पताल पनि बन्द गरिएको छ ।

अस्पतालका डाइरेक्टरले इजरायली सेनाले तत्काल अस्पताललाई खाली गर्न निर्देशन दिएको बताएका छन् । 

बीबीसीका अनुसार डा. मोहम्मद साल्साले दुई साताको घेराबन्दीपछि बिहीबार साँझ जबालियाको अल–अवदा अस्पतालबाट बिरामीलाई निकालिएको छ ।

उनका अनुसार अब उत्तरी क्षेत्रमा कुनै स्वास्थ्य सुविदाले काम गर्न सक्ने छैन । युद्धविरामको प्रयास जारी रहेका बेला यस्तो घटना आएको हो । 

हमासले युद्धविरामलाई लिएर अमेरिकी योजनाको राम्रोसँग समीक्षा गरिरहेको बताएको छ । व्हाइट हाउसमा यस विषयमा इजरायलले हस्ताक्षरसमेत गरेको छ । 

गाजामा इजरायलको सैन्य अभियान जारी छ । गावामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ । 

एजेन्सी

Link copied successfully