जकार्ता — इन्डोनेसियाको पश्चिम जाभा क्षेत्रको सिरेबोन जिल्लास्थित ढुंगा खानीमा शुक्रबार चट्टान खसेर कम्तीमा १० जनाको मृत्यु भएको छ ।
घटनामा ६ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । थप केही खानी मजदुर भग्नावशेषमा पुरिएको र उनीहरूको खोजी कार्य जारी रहेको स्थानीय विपद् एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।
इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार तीन वटा ठूला मेसिनसमेत चट्टानमा पुरिएका छन् ।
