काठमाडौँ — लरेन्स विश्नोई समूहका शार्प सुटर नवीनकुमारलाई इन्काउन्टरमा मारिएको उत्तर प्रदेश प्रहरीले दाबी गरेको छ ।
बुधबार राति यूपी एसटीएफ र दिल्ली प्रहरीको विशेष टोलीले चलाएको संयुक्त अप्रेशनमा नवीनकुमारलाई मारिएको हो ।
गाजियाबाद नजिक हापुडको कोतवाली क्षेत्रमा इन्काउन्टर भएको प्रहरीले जनाएको छ । यूपी प्रहरीका तर्फबाट जारी बयान अनुसार मृतक नवीवनकुमार लोली गाजियाबादमा बस्दै आएका थिए ।
उनीविरुद्ध २० वटा मुद्दा चलिरहेका थिए । यूपी एसटीएफका एडीजफ अमिताभ यशले लोलीको समूह र प्रहरीबीच भएको दोहोरो भिडन्तमा लोली घाइते भएका थिए । अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
