पुटिनले आगोसँग खेलिरहेको ट्रम्पको चेतावनी

जेष्ठ १४, २०८२

कान्तिपुर संवाददाता

Trump warns Putin is playing with fire

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्रुथमा लेख्दै ट्रम्पले पुटिनले आगोसँग खेलिरहेको चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘यदि म हुन्थेन भने रुसविरुद्ध कति धेरै गलतभन्दा गलत कुराहरु हुनसक्थे । तर यो कुरा पुटिनलाई महशुस छैन । उहाँ आगोसँग खेलिरहनुभएको छ ।’

त्यसअघि ट्रम्पले युक्रेनमा रुसको लगातार बमबारीका कारण पुटिनको आलोचना गरेका थिए र सन्कीको संज्ञा दिएका थिए । 

उनले पुटिनलाई सन्की बताउँदै लेखका थिए, ‘उनी बिनाकारण मानिसहरुलाई मारिरहेका छन् । म केवल सैनिकको मात्र कुरा गरिरहेको छैन । बिना कुनै कारण युक्रेनका सहरमा मिसाइल र ड्रोन प्रहार भइरहेको छ ।’ 

कान्तिपुर संवाददाता

Link copied successfully