रुसी हवाई आक्रमणमा युक्रेनमा १३ जना मारिए

जेष्ठ ११, २०८२

एजेन्सी

Russian airstrike kills 13 in Ukraine

कीएभ — युक्रेनका विभिन्न ठाउँमा रुसले गरेको हवाई आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् ।

युक्रेनी वायु सेनाका अनुसार रुसले २५० ड्रोन र १४ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो । राजधानी कीएभमा प्रहार गरिएका मिसाइल र ड्रोनका कारण कैयौं सरकारी संरचनाहरु ध्वस्त बनेका छन् । 

६ मिसाइल र २४५ ड्रोनलाई भने खसालेको युक्रेनी वायु सेनाले दाबी गरेको छ । कीएभमा मात्र १४ जना घाइते भएको बताइएको छ । 

आक्रमणबारे युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यस्ता हरेक आक्रमणसँगै विश्वलाई थप स्पष्ट हुँदैछ कि युद्ध लम्ब्याउन हामी होइनौं रुस चाहन्छ ।’

एजेन्सी

Link copied successfully