थाइल्याण्डमा प्रहरी हेलिकप्टर दुर्घटनामा ३ जनाको मृत्यु

जेष्ठ ११, २०८२

एजेन्सी

3 people died in a police helicopter crash in Thailand

थाइल्याण्ड — थाइल्याण्डको प्रचुआप खिरी खान प्रान्तमा प्रहरी हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको थाइल्याण्ड प्रहरीले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बेल २१२ हेलिकप्टर प्रशिक्षण अभियानमा रहेका बेला विङ ५ वायुसेना बेस नजिकै दुर्घटनाग्रस्त भएको थियो । 

प्रहरीले दुर्घटनाको कारण अनुसन्धान गरिने बताएको छ ।

एजेन्सी

Link copied successfully