दक्षिणी गाजामा हमासविरुद्ध विरोध, प्रदर्शनको समाचार प्रकाशन नगर्न पत्रकारलाई धम्की

जेष्ठ ८, २०८२

एजेन्सी

Journalists threatened not to publish news of protests and demonstrations against Hamas in southern Gaza

गाजा — इजरायल–हमास युद्धका कारण भोगमरीको सामना गरिरहेका गाजाका जनताले हमासविरुद्ध प्रदर्शन सुरु गरेका छन् । 

हजारौंको संख्यामा सडकमा आएर प्यालेस्टिनी नागरिकले हमासविरुद्ध नै सडक प्रदर्शन सुरु गरेका हुन् । 

आइतबारदेखि उनीहरुले हमासविरुद्ध विरोध जनाइरहेका छन् । यद्दपि गाजामा हमासविरुद्ध प्रदर्शन गर्नु उनीहरु आफैंका लागि खतरनाक हुने बताइएको छ । 

दक्षिणी गाजामा मानिसहरुले सडकमा आएर हमासविरुद्ध नारा लगाउँदै हमासलाई गाजाबाट बाहिर जान चेतावनी दिएका थिए । युद्ध अन्त्य गर्नुपर्ने र गाजाबाट हमासलाई बाहिर निकाल्नुपर्ने उनीहरुको माग थियो । 

भिडियोमा उनीहरुले भनेका छन्, ‘बाहिर, बाहिर, बाहिर, सबै हमास बाहिर ।’ यसैबीच हमासले पत्रकारहरुलाई आफूविरुद्ध भएको प्रदर्शनका समाचार प्रकाशन नगर्न चेतावनी दिएको छ । 

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार व्हाट्सएप ग्रुपमा पत्रकारहरुलाई यस्तो धम्की दिइएको हो । म्यासेजमा भनिएको थियो, ‘कुनै पनि नकारात्मक समाचार प्रकाशन/प्रशारण भए राम्रो हुने छैन ।’

लामो संघर्षका कारण गाजामा भोकमरी उत्पन्न भएको छ । मानिसहरुले आफ्नो घरबास छाडेका छन् । अधिकांश क्षेत्र खण्डहरमा परिणत भएको छ । इजरायलले आक्रमण गर्न रोकेको छैन ।

युरोपियन देशहरुले गाजामा आक्रमण नगर्न इजरायलमाथि दबाब बढाइरहेका बेला गाजामै हमासविरुद्ध प्रदर्शन पनि सुरु भएको हो । 

एजेन्सी

Link copied successfully