गाजामा युद्ध अन्त्यका लागि इजरायलले राख्यो सर्त

जेष्ठ ८, २०८२

एजेन्सी

Israel set conditions for ending war in Gaza

इजरायल — इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलको सुरक्षा सुनिश्चित गर्ने सर्तमा मात्र युद्ध अन्त्यका लागि तयार रहेको बताएका छन् ।

यी सर्तमा सबै इजरायली बन्धकको रिहाइ र हमासले आत्मसमर्पण गर्नुपर्ने उल्लेख छन् । यसबाहेक नेतान्याहुले गाजाबाट हमासको निष्कासन र उक्त क्षेत्र हतियाररहित हुनुपर्ने पनि सर्त राखेका छन् । 

उनले भने, ‘जो मानिस गाजाबाट जान चाहन्छन्, उनीहरु जान सक्नेछन् ।’ साथै उनले इजरायललाई युद्ध अन्त्यका लागि दबाब दिनेहरुले गाजामा हमासको शासन कायम रहीरहोस् भन्ने चाहेको आरोपसमेत लगाएका छन् । 

युरोपियन देशहरुद्वारा गाजामा युद्ध अन्त्यका लागि इजरायलमाथि दबाब बढाइरहेका बेला प्रधानमन्त्री नेतान्याहुले यस्तो सर्त अघि सारेका हुन् । 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल–हमास युद्धका कारण हालसम्म ५३ हजार मानिस मारिएका छन् । 

एजेन्सी

Link copied successfully