युद्धविरामका लागि हमासले राख्यो इजरायलसमक्ष यस्ता शर्त

जेष्ठ ४, २०८२

एजेन्सी

Hamas put these conditions to Israel for a ceasefire

दोहा — इजराइल र हमासबीच शनिबार गाजामा युद्धविरामका लागि नयाँ कुराकानी सुरु भएको छ । यो वार्तापछि हमासले नयाँ युद्धविराम सम्झौता अनुसार धेरै इजरायली बन्धकलाई छाड्ने सर्त राखेको छ । 

दुवै पक्षबीच यो कुराकानी गाजामा इजरायली सेनाले गरेको ठूलो आक्रमणको केही घण्टापछि सुरु भएको हो । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार हमासले ६० दिनको युद्धविराम र इजरायलका तर्फबाट प्यालेस्टिनी कैदीको रिहाइको बदलामा इजरायली बन्धक रिहा गर्ने बताएको छ ।

नयाँ सम्झौता अनुसार दैनिक गाजामा ४०० राहत सामग्रीले भरिएका ट्रक जान दिने र गाजाका बिरामीलाई बाहिर निकाल्ने अनुमति पनि हुने एक जना प्यालेस्टिनी अधिकारीले बताएका छन् । 

यसको बदलामा हमासले बन्धक बनाएका सबै इजरायली जिउँदो भएको प्रमाण र उनीहरुका बारेमा जानकारी दिनुपर्ने इजरायलको माग छ । युद्धविराम वार्ता कतार र अमेरिकाको मध्यस्थतामा दोहामा भइरहेको छ । वार्ता शनिबार दिउँसोदेखि सुरु भएको छ ।

प्रस्तावित सम्झौतामा इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

एजेन्सी

Link copied successfully