गाजा — गाजालाई नियन्त्रणमा लिने उद्देश्य अनुसार इजरायलले सुरु गरेको नयाँ आक्रमणमा २५० भन्दा धेरै मारिएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार बिहानदेखि इजरायली आक्रमणमा परी २५० भन्दा बढीको मृत्यु भएको हो ।
इजरायले सेनाले गाजालाई नियन्त्रणमा लिनका लागि नयाँ आक्रमणको अभियान सुरु गरेको बताएको छ । व्यापाक आक्रमणका लागि अरु धेरै सैनिक पठाउन थालिएको सेनाले बताएको छ ।
इजरायलले उत्तरी गाजामा प्यालेस्टिनी नागरिकलाई उक्त क्षेत्र छोड्ने आदेश दिएको छ । पछिल्लो केही दिनमा इजरायली सेनाले आफ्नो आक्रमणलाई तीव्र बनाएको छ । शुक्रबार मात्र एकसय भन्दा बढीको मृत्यु भएको बताइएको छ ।
यद्दपि इजरायलले दर्जनौं आतंकवादी क्षेत्रलाई निशाना बनाएको दाबी गरेको छ । संयुक्त राष्ट्रका मानवाधिकार प्रमुख भोल्कर टुर्कले गाजामा इजरायलको बढ्दो आक्रमणको निन्दा गरेका छन् ।
