सिरियाली राष्ट्रपति आकर्षक र कडा : ट्रम्प 

वैशाख ३१, २०८२

एजेन्सी

The Syrian president is attractive and tough: Trump

दोहा — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल-शाराको प्रशंसा गरेका छन् । साउदी अरबमा भएको भेटपछि कतारको दोहा जाने क्रममा पत्रकारहरूसँग कुरा गर्दै अल-शारा 'आकर्षक र कडा मान्छे' भएको बताएका हुन् । 

पश्चिम एसियाको चार दिने भ्रमणमा रहेका ट्रम्पले बुधबार बिहान रियादमा अल-शारासँग छोटो भेटघाट गरेका थिए । उक्त भेटघाट निकै ‘राम्रो र फलदायी' भएको ट्रम्पको भनाइ छ । ‘सिरियाली युवा, आकर्षक मान्छे । कडा मान्छे । बलियो विगत । धेरै बलियो विगत र लडाकु,’ ट्रम्पले भने । 

त्यस क्रममा ट्रम्पले सिरिया युद्धग्रस्त भएकाले उनीसँग राम्रो काम गर्ने अवसर रहेको बताए । उनले सिरिया कुनै समय इजरायलसँगको सम्बन्ध सामान्य बनाउन अब्राहम सम्झौतामा सामेल हुने उनको अपेक्षा छ । 

‘मलाई लाग्छ कि उनीहरूले आफूलाई प्रष्ट बनाउनुपर्छ । मैले उनलाई तपाईं प्रष्ट भएपछि सम्झौतामा सामेल हुनुहुनेछ भने,’ ट्रम्पको भनाइ छ, ‘उनले हो भने । तर उनीहरूले गर्नुपर्ने धेरै काम छ ।’ 

भेटका क्रममा ट्रम्पले अल-शारालाई इजरायलसँग सम्बन्ध सुधार्ने अब्राहम सम्झौतामा हस्ताक्षर गर्न र सिरियाली भूभागबाट सबै विदेशी आतंकवादीलाई लखेट्न सुझाव दिएका छन् ।

एजेन्सी

Link copied successfully