प्रतिबन्ध हटाउने ट्रम्पको घोषणासँगै सिरियामा खुशीयाली

वैशाख ३१, २०८२

एजेन्सी

Cheers in Syria with Trump's announcement to lift sanctions

रियाद — अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियामाथिका प्रतिबन्धहरू हटाउने घोषणा गरेसँगै सिरियाका जनताले खुशीयाली मनाएका छन् । ट्रम्पको घोषणाको समर्थनमा सिरियाली राजधानी दमास्कस र अन्य सहरका स्थानीयले सडकहरूमा प्रदर्शन गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यहरूले जनाएका छन् । 

मंगलबार ट्रम्पले सिरियामा जारी अमेरिकी प्रतिबन्ध हटाउने घोषणा गरेका थिए । ट्रम्पले साउदी युवराज एमबीएस र टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानसँग छलफल गरेपछि उक्त निर्णय लिएको प्रतिक्रिया दिएका छन् ।

गत वर्ष बसर अल-असद शासनको पतन पछि अमेरिकाले सिरियामाथि प्रतिबन्ध लगाउँदै आएको थियो । ट्रम्पको पछिल्लो कदमले एक दशकभन्दा लामो समय युद्धमा फसेको देशको अर्थतन्त्रलाई उकास्न मद्दत गर्ने आशा गरिएको छ । 

गत वर्ष बसर अल-असद शासनको पतन पछि अमेरिकाले सिरियामाथि प्रतिबन्ध लगाउँदै आएको थियो । ट्रम्पले ‘सिरियालाई महानताको मौका दिनका लागि प्रतिबन्धहरू हटाउन आदेश दिने’ बताएका थिए । 

‘सिरियामा आएको नयाँ सरकारले देशलाई स्थिर बनाउन र शान्ति कायम गर्न सफल हुने आशा छ,’ भ्रमणका क्रममा साउदी अरबको राजधानी रियाद पुगेका ट्रम्पले मंगलबार भनेका थिए । ट्रम्प सायदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणका क्रममा मंगलबार रियाद पुगेका हुन् । 

सन् १९७१ देखि २०२४ सम्म सिरियाको राष्ट्रपति रहेका अल-असद शासनकालमा सिरियामाथि प्रतिबन्ध लगाउने धेरै देशहरूमध्ये अमेरिका एक मात्र थियो ।

एजेन्सी

Link copied successfully