गाजाको अस्पतालमा इजरायली आक्रमणमा २८ जनाको मृत्यु

वैशाख ३१, २०८२

एजेन्सी

28 killed in Israeli attack on Gaza hospital

गाजा — गाजाको खान युनिसस्थित एक युरोपियन अस्पतालमा इजरायली हवाई आक्रमणमा २८ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् ।

हमासद्वारा सञ्चालित नागरिक सुरक्षा एजेन्सीका प्रवक्ताले उक्त घटनाको पुष्टि गरेका हुन् । स्थानीय सुत्रका अनुसार गाजाको यो अस्पतालमा इजरायली लडाकू विमानले एकैसाथ ६ बम प्रहार गरेका थिए । केही अस्पतालको आगन र केही आसपासको क्षेत्रमा खसेका थिए । 

यता इजरायली सेनाले कमान्ड कन्ट्रोल सेन्टरमा हमासका आतंकवादीविरुद्ध सटिक आक्रमण गरेको बताएको छ । यो सेन्टर अस्पतालको मुनि भएको इजरायली सेनाको दाबी छ । 

गाजामा कार्यरत बीबीसीका पत्रकार पनि यो आक्रमणमा घाइते भएको बीबीसीले जनाएको छ । उनको अवस्था स्थिर रहेको बताइएको छ । सन् २०२३ अक्टुबर ७ बाट सुरु भएको यो संघर्षमा हालसम्म गाजामा ५० हजारभन्दा बढी मारिएका छन् । 

एजेन्सी

Link copied successfully