साउदी पुगे ट्रम्प, युवराज सलमानसँग भेटवार्ता 

वैशाख ३०, २०८२

एजेन्सी

Trump arrived in Saudi Arabia and met with Crown Prince Salman

रियाद — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पश्चिम एसियाको चार दिने भ्रमणका क्रममा मंगलबार साउदी अरबको राजधानी रियाद पुगेका छन् । 

आफ्नो दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक यात्राका क्रममा ट्रम्प साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा निस्केका हुन् ।  

ट्रम्प एयर फोर्स वान जहाजबाट सोमबार दिउँसो रियाद उत्रेका हुन् । ट्रम्पको टोलीमा रक्षामन्त्री पिट हेगसेथ, विदेशमन्त्री मार्को रुबियो, ट्रम्पका सल्लाहकार तथा अर्बपति इलन मस्कलगायत सहभागी छन् । 

ट्रम्पसहितका वरिष्ठ अमेरिकी अधिकारीलाई साउदी युवराज मोहम्मद बिन सलमान (एमबीएस) ले किङ खालिद विमानस्थलमा स्वागत गरेका हुन् । त्यसलगत्तै ट्रम्प र एमबीएसबीच भेटवार्ता गरेका छन् । बीबीसीका अनुसार भेटमा विदेशमन्त्री रुबियोसमेत सहभागी छन् । 

राष्ट्रपतिले ट्रम्पले साउदी अरब, कतार र यूएईको चार दिने भ्रमणमा अमेरिकामा उल्लेखनीय नयाँ लगानी सुरक्षित गर्ने आशा राखेका छन् । 

ट्रम्पले बेलायत, क्यानडा वा मेक्सिको भ्रमण गर्ने अमेरिकी राष्ट्रपतिहरूको परम्परा तोड्दै साउदी अरबलाई  आफ्नो पहिलो कार्यकालको पहिलो प्रमुख भ्रमण बनाएका हुन् । 

एजेन्सी

Link copied successfully