अमृतसर — शनिबार राति अमृतसरमा तीव्र साइरन बजेको आवाज सुनिएको थियो । त्यसपछि डिप्टी कमिश्नर साक्षी साहनीले आइतबार बिहानै एक एडभाइजरी जारी गरेकी छन् ।
बीबीसीका अनुसार अहिले अमृतसरमा बिजुली नियमित गरिएको छ । तर जिल्ला अझै पनि रेड अलर्टमा छ । साहनीले घरबाहिर ननिस्कन, घरभित्रै बस्न र झ्यालबाट टाढा रहन अपील गरेकी छिन् ।
‘अवस्था पूरै तरिकाले सुरक्षित भएपछि प्रशासनका तर्फबाट संकेत दिइनेछ । कृपया नआत्तिनुहोस् । शान्ति बनाइराख्नुहोस् र प्रशासनको निर्देशनको पालना गर्नुहोस्’ सहानीद्वारा जारी एडभाइजरीमा भनिएको छ ।
शनिबार साँझ भारत र पाकिस्तानबीच जारी संघर्षमा विराम लगाउने सहमति भएको थियो । दुवै देशबीच कयौं दिनदेखि संघर्ष जारी थियो । भारत र पाकिस्तानका सेनाले एक अर्काविरुद्ध गरिएका आक्रमणलाई असफल बनाएको दाबी गरेका थिए ।
