भारतमा 'द वायर' ब्लक

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

'The Wire' block in India

काठमाडौँ — पाकिस्तानसँगको द्वन्द्व चर्किइरहेका बेला भारत सरकारले त्यहाँको महत्त्वपूर्ण अनलाइन सञ्चार माध्यम 'द वायर'लाई ब्लक गरेको छ ।

'द वायर'ले शुक्रबार एक वक्तव्य जारी गर्दै भारतभर thewire.in को पहुँचमा अवरुद्ध गरेको जनाएको छ । आईटी कानुन-२००० अनुसार सूचना मन्त्रालयको आदेशअनुसार 'द वायर' ब्लक गरिएको इन्टरनेट सेवा प्रदायक कम्पीनले जनाएको वक्तव्यमा जनाइएको छ । 

संविधानले नै प्रत्याभूति गरेको प्रेस स्वतन्त्रताको सुनिश्चितताको सरकारले उल्लंघन गरेको वायरले जनाएको छ । ' यस्तो महत्त्वपूर्ण समयमा सत्यनिष्ठ, निष्पक्ष र तर्कसंगत आवाज, समाचार र सूचनाको स्रोत भारतको सबैभन्दा ठूलो सम्पत्ति हो । हामी यस्तो सेन्सरसिपको विरोध गर्छौँ ।' सरकारको कारबाहीप्रति आफूहरूले अदालतमा चुनौती दिने पनि वायरले जनाएको छ । 

द वायर सन् २०१५ मा सिद्धार्थ वरदराजन, सिद्धार्थ भाटिया र एमके वेणुलगायत मिलेर स्थापना गरेका हुन् । वायर गैरनाफामूलक कम्पनी फाउन्डेसन फर इन्डिपेन्डेन्ट जर्नलिज्म(एफआईजे) द्वारा सञ्चालित सञ्चार माध्यम हो । 

कान्तिपुर

Link copied successfully