कोलम्बिया विश्वविद्यालयको पुस्तकालय कब्जा गरी प्रदर्शन गर्ने प्यालेस्टिनी समर्थक विद्यार्थीहरु पक्राउ

वैशाख २५, २०८२

कान्तिपुर संवाददाता

Pro-Palestinian students who occupied the Columbia University library and demonstrated were arrested

अमेरिका — न्यूयोर्क प्रहरीले दर्जनौं प्यालेस्टिनी समर्थक प्रदर्शनकारीलाई पक्राउ गरेको छ । बुधबार कोलम्बिया विश्वविद्यालयको एक मुख्य पुस्तकालय कब्जा गरेर प्यालेस्टाइनको समर्थनमा नाराबाजी गर्ने उनीहरुलाई पक्राउ गरिएको हो ।

कोलम्बिया विश्वविद्यालयका अध्यक्ष क्येयर शिपमेनको एक बयान अनुसार बुधबार प्रदर्शनकारीले जबरजस्ती बटलर पुस्तकालयमा घुसेका थिए । यस क्रममा विश्वविद्यालयका दुईजना सुरक्षाकर्मी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । 

शिपमेनले भनेका छन्, ‘स्थिति असमान्य भएपछि न्यूयोर्क प्रहरीको सहायता मागिएको थियो ।’ न्यूयोर्क प्रहरी डिपार्टमेन्टले पनि एक्समा एक पोस्ट लेख्दै यसको पुष्टि गरेको छ । 

प्रहरीका अनुसार कोलम्बिया विश्वविद्यालयको अनुरोमा न्यूयोर्क प्रहरीले क्याम्पसको स्थितिमा कारबाही गरेको हो । जहाँ कयौं विद्यार्थीहरुले पुस्तकालय कब्जा गरेका थिए । ७० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।  प्रदर्शनकारीमध्ये केही सोही विश्वविद्यालयका विद्यार्थी रहेको बताइएको छ । 

कान्तिपुर

Link copied successfully