रुसी आक्रमणमा युक्रेनमा ४ जना मारिए 

वैशाख २३, २०८२

एजेन्सी

Russian attack kills 4 in Ukraine

किभ — रुसी राजधानी मस्कोमा युक्रेनले गरेको ड्रोन आक्रमणको बदालमा रुसले पनि आक्रमण तीव्र पारेको छ । रुसले बुधबार राति र बिहीबार बिहान युक्रेनका विभिन्न स्थानमा आक्रमण गरेको छ । 

रुसले निर्देशित हवाई बम, मोर्टार, रकेट र ड्रोनले गाउँहरूमा प्रहार गरेको युक्रेनी सैन्य अधिकारीहरूले जनाएका छन् । आक्रमणमा कम्तीमा ४ जनाको ज्यान गएको छ । सुमी सहरमा रुसले गरेको ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको ज्यान गएको हो । आक्रमणमा ७ जना घाइते भएका छन् । 

त्यस्तै, ओडेसामा एक जनाले ज्यान गुमाएका छन् । रुसी सेनाले वोरोज्बा र बिलोपिलिया गाउँमा आक्रमण गरेपछि कैयौ‌ं विस्थापित भएका युक्रेनी अधिकारीले जनाएका छन् । खार्किभ सहरमा गरिएको आक्रमणमा चार जना घाइते भएका छन् । आक्रमणपछि फैलिएको आगलागीमा बाराबासोभो बजार क्षेत्र जलेर नष्ट भएको छ । 

सुमी सहर दुई देशका सेनाबीच लडाइँ भइरहेको कुर्स्क क्षेत्रको नजिकै पर्छ । गत साता रुसी सेनाले कुर्स्कको क्षेत्रमाथि पूर्ण नियन्त्रण पुनः प्राप्त गरेको दाबी गरेको थियो । तर युक्रेनले भने रुसी दाबी अस्वीकार गरेको थियो । 

एजेन्सी

Link copied successfully