गाजामा आक्रमण बढाउन इजरायली सेनाले बोलायो रिजर्भ सैनिकलाई 

वैशाख २२, २०८२

एजेन्सी

Israeli army calls in reserve soldiers to step up attack on Gaza

जेरुसेलम — इजरायली सेनाले गाजामा आफ्नो आक्रमणको अभियानलाई तीव्र बनाउनका लागि हजारौं रिजर्भ सैनिकलाई बोलाउन सुरु गरेको छ । 

इजरायली रक्षा बल (आईडीएफ)का अनुसार गाजामा बन्धकको रिहाइ र हमासलाई हराउनका लागि दबाब बढाउन लागिएको हो । 

सेनाले आफ्नो योजना अनुसार नयाँ क्षेत्रमा काम गर्ने र जमिनमा तथा जमिनमुनि बनाइएका सबै संरचना ध्वस्त बनाउने बताएको छ । इजरायली मिडिया रिपोर्ट्स अनुसार इजरायली सुरक्षा क्याबिनेटले गाजामा नयाँ तरिकाले सैन्य विस्तारको स्वीकृति दिइसकेको छ । 

यद्दपि केही रिपोर्ट्स अनुसार यो सैन्य विस्तार आगामी साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रापछि लागू गरिनेछ । इजरायल र हमासबीच युद्धविराम सम्झौता विफल भएको छ । गाजामा रहेका ५९ बन्धकको रिहाइ अझै बाँकी छ । जसमध्ये २४ बन्धक अझै जिवित हुनसक्ने बताइएको छ । 

एजेन्सी

Link copied successfully