अमेरिका — युक्रेनसँग प्राकृतिक संसाधन सम्झौतामा हस्ताक्षर गरेको अमेरिकाले घोषणा गरेको छ ।
अमेरिकी वित्त विभागका तर्फबाट जारी एक प्रेस विज्ञप्ति अनुसार दुवै देश एक ‘रिकन्स्ट्रक्शन इनभेस्टमेन्ट फण्ड’ बनाउनका लागि सहमत भएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले अमरिकालाई अधिक फाइदा हुने बताएका छन् । उनले भने, ‘बाइडेनले युक्रेनलाई ३५० अर्ब डलर दिएका थिउ । अब हामीले एक यस्तो सम्झौता गरेका छौं । जसबाट हामीलाई धेरै रकम मिल्नेछ ।’
यसअघि अमेरिकाका वित्तमन्त्री स्कट बेसेन्ट र युक्रेनका उपप्रधानमन्त्री युलिया स्विरीडेन्टले बुधबार यस सम्झौतामा हस्ताक्षर गरेका छन् ।
अमेरिकी वित्त विभागका तर्फबाट जारी बयान अनुसार यो सम्झौताअनुसार दुवै देश किएभमा पारस्परिक सम्पत्ति, प्रतिभा र क्षमता रिकभरी गर्न सुनिश्चित गर्नेछन् ।
युक्रेनका दुर्लभ खनिजसम्म अमेरिकाको पहुँच सुनिश्चित गर्नका लागि किएभ र वाशिङ्टनका बीचमा केही महिनादेखि एक सम्झौताका लागि कुराकानी चलिरहेको थियो ।
