जम्मू–कश्मीरका १५ आतंकवादी क्षेत्रमा प्रहरीको छापा, पाकिस्तानी १५ युट्युब च्यानलमाथि प्रतिबन्ध

वैशाख १५, २०८२

एजेन्सी

Police raids in 15 terrorist areas of Jammu and Kashmir, ban on 15 Pakistani YouTube channels

नयाँ दिल्ली — भारत सरकारले सोमबार १६ वटा पाकिस्तानी युट्युब च्यानललाई प्रतिबन्ध गरेको छ । जसमा डन न्यूज, समा टिभी र जिओ न्यूजसमेत छन् ।

यी च्यानलले भारत र सुरक्षा एजेन्सीविरुद्ध झुटो र भ्रामक खबर फैलाइरहेकाले प्रतिबन्ध गर्नुपरेको सरकारले जनाएको छ । 

सरकारको यो कारबाही गृहमन्त्रालयको सिफारिसपछि गरिएको हो । केही बेरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथबीच एक महत्त्वपूर्ण बैठक हुँदैछ । जम्मू–कश्मीर विधानसभामा पनि आज एक विशेष सत्र बोलाइएको छ । 

यसैबीच जम्मू–कश्मीर प्रहरीले १५ ठाउँमा छापा मारेको छ । सुत्रका अनुसार पाकिस्तानबाट आतंकवादी अभियान चलाइरहेका आतंकवादीहरुको क्षेत्रमा छापा मारिएको प्रहरीको दाबी छ ।

पाकिस्तानी फौजले पहलगाम आक्रमणपछि लगातार चौथो दिन पनि सीमा क्षेत्रमा फायरिङ गरेको छ । आइतबार मध्य रात र सोमबार बिहानै पाकिस्तानी सेनाले सीमा क्षेत्रमा फायरिङ गरेको दैनिक भास्करले उल्लेख गरेको छ । भारतीय सेनाले पनि त्यसको जवाफमा फायरिङ गरेको छ । 

२२ अप्रिलमा पहलगामको बेसरन घाटीमा भएको आतंकवादी आक्रमणमा २६ जना पर्यटकको मृत्यु भएको थियो । जम्मू–कश्मीरमा अहिलेसम्म १० आतंकवादीको घरमा ब्लास्ट गरिएको छ । एनआईएले आक्रमणको जाँच गरिरहेको छ । सुत्रका अनुसार उक्त आक्रमणअघि आतंकवादीले पहिले रेकी गर्नका लागि ड्रोनको प्रयोग गरेका थिए । 

एजेन्सीहरुका अनुसार हतियार सप्लाईका लागि पनि ड्रोन प्रयोगको आशंका गरिएको छ । आक्रमणपछि आतंकवादी पुलवामा वा अनन्तनाग भागेको दाबी गरिएको छ । 

एजेन्सी

Link copied successfully