दक्षिणी पाकिस्तानमा सडक दुर्घटनामा १३ जनाको मृत्यु 

वैशाख ११, २०८२

एजेन्सी

13 killed in road accident in southern Pakistan

जमशोरो — पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा भएको सडक दुर्घटनामा कम्तिमा १३ जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा २० जना घाइते भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । स्थानीय प्रहरी स्रोतकाअनुसार जमशोरो जिल्लामा यो घटना भएको हो । 

जहाँ ३० भन्दा बढी व्यक्ति बोकेको यात्रुवाहक भ्यान सडकबाट खसेर खोलामा खसेको थियो । गहुँ खेतमा काम गरेर घर फर्किरहेका यात्रुहरू दुर्घटनामा परेका हुन् । यस क्षेत्रमा हाल गहुँ काट्ने काम धमाधम चलिरहेको छ । 

मृत्यु हुनेमा चार बालबालिका पनि छन् । घाइते यात्रुहरूमा धेरै महिला र बालबालिका पनि छन् । 

एजेन्सी

Link copied successfully