भारत उत्रिए अमेरिकी उपराष्ट्रपति भेन्स

वैशाख ८, २०८२

एजेन्सी

US Vice President Vance came to India

नयाँदिल्ली — अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारतको पहिलो आधिकारिक भ्रमणका लागि सोमबार भारत आइपुगेका छन् । उपराष्ट्रपति भेन्स चार दिने भ्रमणका क्रममा सोमबार दिउसो नयाँदिल्लीको पालम विमानस्थलमा अवतरण गरेका हुन् ।

पत्नी उषा र छोराछोरीका साथमा भारत उत्रिएका भेन्सलाई भारतका केन्द्रीय मन्त्री अश्विनी वैष्णवले विमानस्थलमा स्वागत गरे । उपराष्ट्रपति भेन्स परिवारले आजै अक्षरधाम मन्दिर भ्रमण गर्ने कार्यक्रम तय भएको मन्दिरकी प्रवक्ता राधिका शुक्लाले बताएकी छन् । 

भेन्सले सोमबार साँझ ६ः३० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनकै निवासमा भेट्ने कार्यक्रम छ । भेटवार्तामा आर्थिक सहयोग, रक्षा सहयोग र द्विपक्षीय व्यापार सम्बन्ध लगायतका विभिन्न  सवालमा छलफल हुने अपेक्षा गरिएको छ । US Vice President Vance came to India

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले गत साताको मिडिया ब्रिफिङमा दुई देशबीच विश्वव्यापी रणनीतिक साझेदारी रहेको उल्लेख गर्दै सबै सान्दर्भिक सवालमा छलफल हुने र सम्बन्ध थप प्रगाढ हुने बताएका थिए । 

नयाँदिल्ली भ्रमणपछि भेन्स परिवारले मंगलबार जयपुर र बुधबार आगरा भ्रमण गर्ने तालिका छ । भारतीय विदेश मन्त्रालायका अनुसार भेन्स बिहीबार अमेरिका फर्केनेछन् ।

एजेन्सी

Link copied successfully