हुथीविरुद्ध अमेरिकी सेनाको हवाई आक्रमण, १२ जनाको मृत्यु

वैशाख ८, २०८२

एजेन्सी

US military airstrike against Houthis, 12 dead

साना — यमनमा हुथी विद्रोहीविरुद्ध अमेरिकाले ठूलो हवाई आक्रमण गरेको छ । यमनको राजधानी सानामा विद्रोहीलाई निशाना बनाएर आक्रमण गरिएको हो । 

सोमबार हुथी विद्रोहीले दिएको जानकारी अनुसार अमेरिकी हवाई आक्रमणमा १२ जना मारिएका छन् भने ३० जना घाइते भएका छन् । 

यद्दपि अमेरिकी सेनाले आक्रमणको पुष्टि गरेको छैन । हुथी विद्रोहीका अनुसार यो आक्रमण सानाको शूब जिल्लाको फरवा बजारमा गरिएको हो । 

अमेरिकी सेनाले यस क्षेत्रमा पहिले पनि आक्रमण गरेको थियो । सोमबार रातभर अमेरिकाले हवाई आक्रमण गरेको बताइएको छ । 

यमनको अन्य क्षेत्रलाई पनि निशाना बनाइएको छ । गत साता अमेरिकाले यमनको रस ईसा इन्धन बन्दरगाहमा हवाई आक्रमण गरेको थियो । जहाँ ७४ जना मारिएका छन् भने १७१ जना घाइते भएका थिए ।  

एजेन्सी

Link copied successfully