बेइजिङ — अमेरिकासँग व्यापारिक सम्झौता गरेर चीनको व्यापार सीमित पार्न खोजे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चीनले अन्य देशलाई चेतावनी दिएको छ ।
चीनको वाणिज्य मन्त्रालयले अमेरिकासँग चीनका लागि नोक्सान पुर्याउन सक्ने खालका व्यापारिक सम्झौता गरेमा ती देशहरुविरुद्ध सामना गर्ने चेतावनी दिएको हो ।
मन्त्रालयले यदि यस्तो सम्झौताहरु भएमा चीन त्यसका लागि कडा कदम उठाउनका लागि तयार रहेको बताएको छ ।
मन्त्रालयले भनेको छ, ‘तुष्टीकरणबाट शान्ति प्राप्त हुँदैन । र चीन अरुसँग मिलेर अमेरिकाको एकतर्फी नीतिको सामना गर्नका लागि तयार छ ।’
हालै अमेरिकाले चीनसँग अन्य देशको व्यापार सीमित पार्नका लागि व्यापारिक सम्झौताहरु गर्न लागेको र त्यसवापत ट्यारिफमा छुट दिनसकिने रिपोर्ट्सहरु आएका छन् ।
ती रिपोर्ट्सपछि चीनको यस्तो बयान आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ घोषणापछि चीन र अमेरिकाबीच ट्यारिफ वार सुरु भएको छ ।
