दिल्लीको मुस्तफावादमा घर भत्किँदा चार जनाको मृत्यु

वैशाख ६, २०८२

एजेन्सी

Four people died in a house collapse in Delhi's Mustafabad

मुस्तफावाद — दिल्लीको मुस्तफावाद क्षेत्रमा शनिबार बिहानै एक संरचना भत्किएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

दुर्घटनाका प्रत्यक्षदर्शीले समाज एजेन्सी पीटीआईसँग कुरा गर्दै भने, ‘राति करिब २ देखि साढे २ बजेतिर भएको हो । अचानक चार तलाको घर ढल्यो । घरको तल्लो तलामा कन्ट्रक्शनको काम चिलरहेको थियो । 

ती प्रत्यक्षदर्शीका अनुसार एक युवतीलाई उनी आफैंले उठाएर एम्बुलेन्समा राखेका थिए । तर त्यसबेलासम्म उनी जिवित थिइन् । 

मृतकका एक आफन्तले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै आफ्ना दुई भान्जाको मृत्यु भएको बताएका छन् । उत्तर पूर्वी जिल्लाका एडिशनल डीसीपी सन्दीप लाम्वाले एएनआईसँग कुरा गर्दै घर भत्किँदा चार जनाको मृत्यु भएको जानकारी दिए । 

घरको मुनि केही मानिस अझै दबिएको हुनसक्ने आशंकामा खोजी कार्य जारी रहेको उनको भनाइ छ ।  

एजेन्सी

Link copied successfully