अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धमा मारिएका लाखौं नागरिकका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगै युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की पनि जिम्मेवार रहेको बताएका छन् ।
मंगलबार व्हाइट आउसमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदा अल साल्भाडोरका नेता पनि सहभागी थिए । ट्रम्पले भने, ‘तपाईं जब युद्ध सुरु गर्नुहुन्छ तब युद्ध जित्न सकिन्छ कि सकिँदैन भन्ने कुरा तपाईंलाई थाह हुनुपर्छ ।’
ट्रम्पले यस युद्धका लागि अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई पनि जिम्मेवार ठहराएका छन् ।
यसअघि आइतबार रुसले युक्रेनको उत्तरपूर्वी सहर सुमीमा घातक आक्रमण गरेको थियो । जसमा कैयौं मानिस मारिएका थिए ।
