ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयलाई दिँदै आएको अनुदानमा रोक

वैशाख २, २०८२

एजेन्सी

Trump administration freezes grants to Harvard University

व्हाइट हाउस — ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयमा दिँदै आएको दुई अर्बभन्दा बढी अमेरिकी डलरको संघीय अनुदानमा रोक लगाएको छ ।

प्रतिष्ठित विश्वविद्यालयले व्हाइट हाउसले पठाएका सर्तहरुलाई अस्वीकार गरेको थियो । त्यसपछि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अनुदानमा रोक लगाएको हो । 

व्हाइट हाउसले हार्वर्डको क्याम्पसमा नियुक्ति र भर्ना प्रक्रिया परिवर्तन गर्नुका साथै अन्य मागहरु राख्दै पत्र पठाएको थियो । विश्वविद्यालयले भने ती मागहरु अस्वीकार गरेको थियो । साथै यहुदी भावनाविरुद्ध लड्ने योजनाबारे पनि ट्रम्प प्रशासनले हार्वर्डसँग जवाफ माग गरेको थियो ।

यी मागबारे जवाफ नआए आर्थिक सम्बन्ध रद्द गर्ने ट्रम्पको चेतावनी थियो । तर पनि विश्वविद्यालयले कुनै पनि जवाफ फर्काएन । सोही कारण ट्रम्प प्रशासनले अनुदान रोक्ने निर्णय गरेको हो । 

डिपार्टमेन्ट अफ एजुकेशनले २ अर्ब डलर बढीको अनुदान रोक्ने निर्णय गरेको जनाएको छ । साथै विश्वविद्यालयसँग गरिएको ६० मिलियन डलरभन्दा बढीको सम्झौता पनि रद्द गरेको छ ।

एजेन्सी

Link copied successfully