युुक्रेन भ्रमण गर्न ट्रम्पलाई जेलेन्स्कीको निम्तो

वैशाख १, २०८२

एजेन्सी

Zelensky invites Trump to visit Ukraine

किभ — युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देश भ्रमणका लागि निम्ता गरेका छन् । जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि कुनै सम्झौता गर्नुअघि युक्रेन भ्रमण गर्न राष्ट्रपति ट्रम्पलाई भ्रमणको आग्रह गरेका हुन् । 

‘कृपया, कुनै पनि निर्णय वा वार्ता अघि ज्यान गुमाएका मानिस, नागरिक, योद्धा र बालबालिकाका साथै ध्वस्त भएका अस्पताल तथा चर्च हेर्न आउनुहोस्,’ जेलेन्स्कीले सीबीएससँगको एक अन्तर्वार्तामा भने । उक्त अन्तर्वार्ता सुमी सहरमा रुसी क्षेप्यास्त्र प्रहार हुनुभन्दा पहिले रेकर्ड गरिएको हो । 

सुमी सहरमा रुसले गरेको पछिल्लो आक्रमणमा कम्तीमा ३४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कम्तिमा दुई बालबालिका छन् । १५ बालबालिकासहित १ सय १७ जना घाइते भएका युक्रेनी अधिकारीहरूले जनाएका छन् । 

यद्यपि, ट्रम्पले जेलेन्स्कीको निमन्त्रणा स्वीकार गर्ने/नगर्ने हेर्न बाँकी छ । यसअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले युक्रेनको भ्रमण गरेका थिए । उनी हालसम्म युक्रेन भ्रमण गर्ने ट्रम्प प्रशासनका एक मात्र मन्त्री हुन् । 

एजेन्सी

Link copied successfully