इजरायली आक्रमणले गाजामा जनधनको ठूलो क्षति, अल-अहली अस्पतालमा बम आक्रमणको विश्वव्यापी निन्दा

वैशाख १, २०८२

एजेन्सी

Israeli attack causes massive loss of life in Gaza, Al-Ahli Hospital bombing worldwide condemned

गाजा — इजरायलले गाजामा गरेको निरन्तर बमबारीका कारण आइतबार मात्र ३७ जनाको मृत्यु भएको छ । मारिनेहरुमा जबालिया (उत्तरी गाजा) स्थित मनौन परिवारको घरमा इजरायली आक्रमण हुँदा मलबाबाट निकालिएका महिला र अन्य पीडितहरू रहेका छन्।

मारिनेहरूमध्ये ६ जना स्वयंसेवक दाजुभाइ थिए, जो गाजाका भोकमरी पीडितहरूका लागि खाना पुर्‍याउने कार्यमा संलग्न थिए । उनीहरूको मृत्युले व्यापक शोक र अन्तर्राष्ट्रिय निन्दा उत्पन्न भएको छ ।

विश्व स्वास्थ्य संगठन (WHO) ले पुष्टि गरे अनुसार, इजरायली सेनाले गाजा सहरको अल-अहली अरेब अस्पतालमाथि आक्रमण गरेपछि उपचार नपाएर एक जना प्यालेस्टिनी बालकको मृत्यु भएको छ । यो आक्रमणप्रति विश्वभर तीव्र आलोचना भइरहेको छ।

यता यमनका अधिकारीहरुका अनुसार अमेरिकी हवाई आक्रमणहरूले राजधानी सानाअनजिकै ६ जनाको ज्यान गएको र २० जना घाइते भएका छन् । यसैबीच, हूथी विद्रोही समूहले इजरायलको मुख्य विमानस्थलमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायल–गाजा युद्धमा हालसम्म कम्तीमा ५० हजार ९४४ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ र १ लाख १६ हजार १५६ जना घाइते भएका छन् । 

गाजाको सरकारी सञ्चार कार्यालयले मृत्यु संख्या ६१ हजार ७०० नाघेको जनाएको छ, जसमा भग्नावशेषमुनि हराइरहेका हजारौंलाई पनि मृत घोषणा गरिएको छ ।

एजेन्सी

Link copied successfully