१०४ प्रतिशत ट्यारिफपछि चीनको सरकारी मिडियाले दियो प्रतिक्रिया

चैत्र २७, २०८१

एजेन्सी

China's state media responded after the 104 percent tariff

बेइजिङ — चीनको सरकारी मिडियाले अमेरिकाका तर्फबाट चिनियाँ सामग्रीमा १०४ प्रतिशत ट्यारिफ लगाएको विषयमा आफ्नो प्रतिक्रिया दिएको छ । 

अमेरिकाले चिनियाँ सामग्रीमा ट्यारिफ लगाएकोकै बेला सरकारी च्यानल सीसीटीभीसँग जोडिएको एक सामाजिक सञ्जालको अकाउन्टबाट ‘यू यूआन तान तियान’ले ट्यारिफबारे एक पोष्ट साझा गरेको हो । यो पोस्ट चीनको एक माइक्रब्लगिङ प्लेटफर्म भिबोमा लेखिएको छ । 

बयानमा भनिएको छ, ‘हामी मुस्किल उत्पन्न गर्दैनौं । तर हामी यस्ता मुस्किलबाट डराउँदैनौं पनि । चीनका नागरिक कुनै प्रकारको दबाव र धम्की मन पराउँदैनन् ।’

बयानमा चीन अन्तिमसम्म ट्यारिफविरुद्ध लडाइँ लड्ने पनि दोहोर्‍याइको छ । भनिएको छ, ‘चीन अन्तिमसम्म लडाइँ लड्नेछ ।’ साथै संवादको बाटो अझै खुला रहेको पनि बताइएको छ । 

यसमा भनिएको छ, ‘चीन न कमजोर हुनेछ न झुक्नेछ । हामी विश्वलाई देखाउनेछौं  कि हामी अन्तर्राष्ट्रिय व्यापारको निमयलाई बलियो तरिकाले रक्षा गर्नेछौं ।’

एजेन्सी

Link copied successfully