मुम्बई आक्रमणका आरोपी तहब्वुरले भारत लैजाने प्रक्रिया रोकिदिन गरेको अपील अमेरिकी अदालतद्वारा खारेज

चैत्र २६, २०८१

एजेन्सी

Mumbai attack accused Tahabvur's appeal to stop extradition process to India dismissed by US court

अमेरिका — अमेरिकी सुप्रीम कोर्टले २६/११ को मुम्बई आक्रमणका आरोपी तहब्वुर रानाले भारत पठाउन रोक लगाइदिन माग गरेको अपील खारेज गरेको छ ।

यो अपील खारेजसँगै अब रानालाई भारतीय अधिकारीलाई सुम्पिने प्रक्रिया तीव्र रुपमा अगाडि बढाइएको छ ।

पाकिस्तानी मूलका क्यानडाका नागरिक ६४ वर्षी तहब्बुर अहिले अमेरिकाको लस एन्जेलिसको मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा बन्दी छन् । 

अमेरिकामा रानालाई २०१३ मा आफ्ना साथी डेभिड कोलम्यान हेडलीसँग मुम्बई आक्रमण सम्पन्न गराएको र डेनमार्कमा आक्रमणको योजना बनाएको आरोपमा दोषी पाइएको थियो । 

अमेरिकी अदालतले यी घटनामा रानालाई १४ वर्षको जेल जसाय सुनाएको थियो । तहब्बुर हुसैन रानाको जन्म पाकिस्तानमा भएको थियो र उनी त्यहिँ हुर्किएका थिए । मेडिकल डिग्री हासिल गरेपछि उनी पाकिस्तानी सेनाको मेडिकल कोर टिममा समावेश थिए ।

एजेन्सी

Link copied successfully