पत्रकारहरु बसेको टेन्टमा इजरायली बम आक्रमण, दुई जनाको मृत्यु, सात घाइते

चैत्र २५, २०८१

एजेन्सी

Israeli bomb attack on the tent where the journalists were staying, two people were killed, seven were injured

गाजा — इजरायली सेनाले गाजाको खान युनिसस्थित नासेर अस्पताल नजिकै पत्रकारहरू बसेको टन्टमा बम आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । 

यसअघि इजरायली सेनाले केन्द्रिय डेइर अल-बलाहका पाँच वटा बस्तीका बासिन्दालाई तत्काल खाली गर्न आदेश दिँदै गरेको आक्रमणमा ५० भन्दा बढी व्यक्तिहरूले ज्यान गुमाएका थिए । 

त्यस्तै इजरायली सुरक्षाकर्मीले कब्जामा लिएको पश्चिमी किनारमा एक प्यालेस्टिनी–अमेरिकी बालकको गोली हानी हत्या गरिएको बताइएको छ । यता दक्षिणी लेबनानमा दुई जना मारिएका छन् । 

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायलको आक्रमणमा कम्तीमा ५० हजार ६९५ प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् भने १ लाख १५ हजार ३३८ जना घाइते भएका छन् । 

गाजाको सरकारी सञ्चार कार्यालयले मृत्यु संख्या ६१ हजार ७ सय नाघेको जनाएको छ । जसमा भग्नावशेषमा अझै फसेका हजारौं मानिसहरूलाई हराइरहेका (मृत मानिएका) का रूपमा सूचीबद्ध गरिएको छ।

हमास–इजरायलबीच युद्धको सुरुवात २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणबाट भएको थियो । उक्त आक्रमणमा परी इजरायलमा १ हजार १३९ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।

एजेन्सी

Link copied successfully