म्यानमारमा भूकम्पपछि पनि हवाई आक्रमण जारी

चैत्र १७, २०८१

एजेन्सी

Airstrikes continue even after the earthquake in Myanmar

मन्डाले — म्यानमारको जुन्ता सरकारको सेनाले देशमा भूकम्पपछिको विपद्‌मा पनि लोकतान्त्रिक समर्थक विद्रोहीमाथि हवाई आक्रमण जारी राखेको छ । संयुक्त राष्ट्र (यूएन)ले यस  आक्रमणलाई ‘अस्वीकार्य’ बताएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जुन्ता सेनाले गरेको आक्रमणमा सात जनाको मृत्यु भएको छ । भूकम्प गएको तीन घण्टा हुन नपाउँदै जुन्ता सेनाले आक्रमण गरेको स्थानीयले बताएका छन् । 

भूकम्पको केन्द्र सागाइङ्गको चाङ्ग–यू टाउनशिपसहित अन्य स्थानमा आक्रमण गरेको छ । जुन्ता सेनाले म्यानमार–थाइल्यान्ड बोर्डर क्षेत्रमा पनि आक्रमण गरेको बताइएको छ । 

यता म्यानमारको मिलिट्री काउन्सिलले भूकम्पबाट मृत्यु हुनेको संख्या १६४४ पुगेको बताएको छ । घाइतेहरुको संख्या ३ हजार ४०८ पुगेको र १३९ जना बेपत्ता रहेको जानकारी दिएको छ । 

एजेन्सी

Link copied successfully