लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु, २८ घाइते

चैत्र ११, २०८१

सिन्ह्वा

6 killed, 28 injured in Israeli airstrikes in Lebanon

बेरुत — लेबनानका स्वास्थ्य अधिकारीहरूका अनुसार पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा टायर सहरका साथै धेरै उपत्यका र गाउँहरूलाई लक्षित गरिएको थियो । जसमा ६ जनाको मृत्यु र २२ जना घाइते भएका छन् । पूर्वी लेबनानमा भएका आक्रमणमा ६ जना घाइते भएको बताएको छ ।

सिन्ह्वा

Link copied successfully